आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

सम्बृद्ध प्रदेश निर्माणका लागि सबैको सहयोग आवश्यक मुख्यमन्त्री राउत

AuthorAP Khabar२०७५ मंसिर १४, शुक्रबार (४ साल अघि) ४६१ पाठक संख्या

AP संवादाता
जनकपुरधाम, मंसिर १४ : मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश निर्माणका लागि सबैपक्षलाई आ–आफनो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आह्वान गर्नु भएको छ । रातोपाटी अनलाइनको प्रदेश कार्यालय जनकपुरधाममा उद्घाटन गर्दै उहाँले कुनै एक पक्षको सकृयताले मात्र समृद्ध प्रदेशको सपना साकार नहुने भएकोले सबै पक्षलाई आ–आफनो स्थान बाट साकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
संचारकर्मी मुलुककै चौथो अंग र नागरिकको हेर्ने आँखा भएको उल्लेख गर्नु हुँदै उहाँले सत्य तथ्य र निष्पक्ष समाचार लेख्न आग्रह समेत गर्नु भयो । नाकारात्मक समाचार भन्दा साकारात्मक कुराहरुलाई प्रोत्साहित गरिए साकारात्मक परिवर्तन हुने उल्लेख गर्नु हुँदै उहाँले समाजको साकारात्मक माइण्ड सेट गराउने तर्फ भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
रातोपाटीका प्रदेश प्रमुख किरण कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह, रामचन्द्र मण्डल, पूर्व सभासद उर्मिला साह, काँग्रेस नेता प्रवेश चौधरी , सहितले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा रातोपाटीका संस्थापक ओम शर्माले रातोपार्टीका वर्तमान अवस्था र भविष्यको योजना बारे प्रकाश पार्नु भएको थियो । रातोपाटीले आजबाटै प्रदेश कार्यालयका साथै प्रदेशको छुड्ढै पेज समेत संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस