आज:  २०७९ श्रावण २८, शनिबार | Sat, 13, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

भुटानी शरणार्थी शिविरमा आगलागी

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (३ साल अघि) २५१ पाठक संख्या

 उर्लाबारी , मंसिर  २३  : मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गएराति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं. १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएको चिया तथा मिठाइ पसल जलेर नष्ट भएको हो ।

पसल पुरै जलेर नष्ट हुँदा एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।

राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो । पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी दिए ।

दमकबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस