आज:  २०७९ श्रावण २८, शनिबार | Sat, 13, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

बस दुर्घटनामा १३ को मृत्यु

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (३ साल अघि) २८१ पाठक संख्या

श्रीनगर  , मंसिर २३ :  भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ ।बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा २६ जना यात्रु रहेका थिए ।

पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ । घटनास्थल श्रीनगरदेखि २०० किलोमिटर टाढा पर्ने वरिष्ठ प्रहरी निरीक्षक राजिव पाण्डेले जानकारी दिनुभयो ।

“घटनामा परी १३ जनाको मृत्यु भएको छ भने अरु घाइते भएका छन्,” पाण्डेले भन्नुभयो । उहाँले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि बताउनुभयो । घाइतेहरुलाई विमानबाट जम्मुमा रहेको अस्पताल लगेर उपचार गराइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस