आज:  २०७९ श्रावण २९, आईतबार | Sun, 14, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

ढुक्क भएर लगानी गर्न आग्रह

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (३ साल अघि) २७५ पाठक संख्या

हङकङ , मंसिर २३ :  कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैरआवासीय नेपाली संघ एनआरएनलाई आग्रह गर्नु भएको छ । एनआरएन एसिया प्रशान्त क्षेत्र भेलालाई हङकङमा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सही दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याइँ नगर्न आग्रह गर्नु भयो ।

केही नीतिनियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पहिचान गर्न पनि सहयोग गरिने बताउनु भयो । कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने खनालको भनाइ छ ।

२८ देखि ३० लाख युवा जनशक्ति मलेसिया र खाडी मुलुकमा श्रम गर्दा नेपालको उर्वर भूमि बाँझो रहेको भन्दै मन्त्री खनालले नेपालमा लगानी गरेर रोजगारीको अवसर सिर्जना गर्ने तर्फ सरकार लागेको बताउनु भयो । कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टले आफूहरु नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न र क्षेत्र पहिचान गरी लगानी बढाउन तयार रहेको बताउनु भयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस