आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

अर्थमन्त्री खतिवडाको राजीनामा माग

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (४ साल अघि) ३७२ पाठक संख्या

काठमाडौं , मंसिर २३ :  राज्यले सेयर लगानीकर्तालाई उपेक्षा गरेको भन्दै अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरिएको छ । उनीहरुले राजीनामा माग्दै अनशन शुरु गरेका छन् । दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट अनशन शुर गरेका हुन् । भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन शुरु गरिएको छ ।

तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले बताउनुभयो । सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै आएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस