आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

दुई किलो सुनसहित तामाङ पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (४ साल अघि) ४४६ पाठक संख्या

रसुवा , मंसिर २४ :   प्रहरीले भन्सार छलेको २ किलो सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

गोसाइँकुन्ड गाउँपालिका वडा नम्बर १ थोमनका ३५ वर्षीय निमा दोर्जे तामाङलाई २ किलो सुनसहित पक्राउ गरिएको हो । स्याफ्रुबाट काठमाडौं आउने क्रममा तामाङ सवार ना १ ज ६१७६ नम्बरको टाटा सुमोबाट सुन बरामद भएको हो । धुन्चेमा नियमित चेकजाँचमा सुन भेटिएको र मालागढी नाका हुँदै थोमनबाट सुन ल्याइएको पाइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस