आज:  २०८० जेष्ठ २१, आईतबार | Sun, 04, Jun, 2023
FLASH NEWS

अवैध भारूसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (४ साल अघि) ४०० पाठक संख्या

काठमाडौं , मंसिर २७ :  अवैध भारतीय रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय पर्साले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगञ्ज हुँदै एक लाख ७० हजार भारूसहित नेपाल प्रवेश गरेको सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट भारतको बिहार मोतिहारीको चैलाहा थाना- ९ का महमद मैनुल कहलाई पक्राउ गरेको हो ।

मैनुलले कालो झोलामा लुकाएर ल्याएको ३४० थान पाँचसयका नोटसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस