आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023
FLASH NEWS

श्रृंखलालाई भोट गर्दा ‘मोबस्टार’को सर्भर ब्रेक

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (४ साल अघि) ३८९ पाठक संख्या

काठमाडौं , मंसिर २७ :  मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । चीनको सान्या शहरमा आयोजित मिस वर्र्ड प्रतिस्पर्धामा सहभागी भएर खतिवडा बुधबार बेलुकी नेपाल फर्किएकी हुन् ।

चीनबाट फर्किएपछि मिडियासँगको संक्षिप्त प्रतिक्रिया दिदैँ श्रृंखलाले मल्टिमिडिया अवार्ड दिलाउन भोट गरिदिने सबैलाई धन्यवाद दिईन् । ‘मसँग धन्यवाद भन्ने शब्द नै छैन ।’ श्रृंखलाले भनिन्, ‘मैले आशै नगरेको माया पाएँ, आश नगरेको माया पाउँदा त्यो माया अझै धेरै महसुस हुने रैछ ।’

श्रृंखलाले चीनमा रहँदाको अनुभव पनि मिडियासँग सेयर गरेकी छन् । त्यहाँ उनलाई अन्य देशका प्रतिस्पर्धीहरुले धेरै भोट आएकोमा अचम्म मानेका थिए । ‘कतिले त जिस्कदैँ ‘पैसा दिएर भोट गर्न लगायौ की कसो ?’ भन्थे ।’ श्रृंखलाले भनिन् ।

श्रृंखलालाई आफु उत्कृष्ट १२ मा पर्छु भन्ने विश्वास थियो । त्यसकारण पनि मलाई अचम्म लागेन, खुशी नै लाग्यो । उत्कृष्ट ५ मा नपर्दा आफुले दुख नमानेको श्रृंखला बताउछिन् । तर चीन गएको घरपरिवार र संसारभरबाट आश गरेर बसेका नेपालीहरुलाई सम्झाउन गाह्रोपर्छ की भन्ने चिन्ताले उनलाई सताइरहेको थियो ।

उत्कृष्ट ५ मा पर्न नसक्दा श्रृंखलालाई पछुतो लागेन । आफुले कुनैपनि कसर बाँकी नराखी काम गरिसकेपछि त्यसमा राम्रो नतिजा आएन भनी पछुतो मान्नुको कुनै तुक नभएको श्रृंखलाको तर्क छ । ‘यदि मैले दिने प्रस्तुतीमा केहि छुटेको भए त्यसमा पछुतो मान्थे ।’ श्रृंखला भन्छिन्, ‘आफुले गर्नको लागि कुनैपनि काम बाँकी नराख्दा चाँही पछुतो नहुने रैछ ।’ ताज नजितेपनि माया पाउनु ठुलो कुरा भएको श्रृंखलाको तर्क छ ।

मिस वर्ल्डको परिवर्तित फरम्याटले आफु उत्कृष्ट ५ मा नपरेको श्रृंखला बताउँछिन् । ‘उत्कृष्ट ३० मा १४ जना एसिया महादेशबाट नै थियो ।’ श्रृंखला मुस्कुराउँदै थप्छिन्, ‘जसबाट १ जनामात्र उत्कृष्ट ५ मा लैजाने र ३ वटा मात्र देश सहभागी महादेशबाट पनि १ जना मात्रै लैजाने भएकोले फरम्याटले असर चाँही परेकै हो ।’ यसअघि भने एउटा महादेशको एकजनालाई उत्कृष्ट ५ मा लैजाने फरम्याट थिएन । मिस वर्ल्डको फरम्याट चेन्ज नभईदिएको खण्डमा आफु उत्कृष्ट ५ मा पर्नसक्ने सम्भावना बढ्नेमा श्रृंखला विश्वस्थ थिइन् ।

मिस वर्ल्डको ताज नेपाल नआएता पपन श्रृंखलाले मल्टिमिडिया अवार्ड र ब्युटि विथ पर्पोजको अवार्ड भने हात पारिन् । भोटिङमा नेपाल पहिलो नम्बरमा थियो र्। ‘भोटिङमा त नेपाल कसैले जित्न नसक्नेगरी अगाडी थियौँ ।’ श्रृंखलाले हाँस्दै भनिन्, ‘हामीले मोबस्टार एपको त सर्भर नै ब्रेक गरिदिएछौँ, पछि सर्भर नै रिप्रोग्राम गर्नुपरेको थियो ।’

मिस वर्ल्डबाट नेपाल फर्किसकेपछि अब श्रृंखला मकवानपुरको चेपाङ बस्तिमा निर्माणाधीन स्वास्थ्य चौकीको पूर्णताको लागि त्यसतर्फ जानेछिन् । उनका अनुसार अबको केहि समयमा त्यहाँको सम्पूर्ण काम पुरा हुनेछ । आफु चीनमा रहँदा पनि त्यहाँको काम भईरहेकोले पनि अबको २ महिनामा काम सम्पन्न हुनेमा श्रृंखला बिस्वस्त छिन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस