आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

चौकी आक्रमणको आरोपमा ४ युवा पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २८, शुक्रबार (४ साल अघि) ३८७ पाठक संख्या

स्याङ्जा  , मङ्सिर २८  : विरुवा गाउँपालिकामा प्रहरी चौकी आक्रमण गरेको आरोपमा ४ युवा पक्राउ परेका छन् ।  गाउँपालिकाको वडा २ मा ३३ वर्षीय निरबहादुर राना, २९ वर्षीय मोहन राना, २७ वर्षीय कमल राना र २६ वर्षीय अशोक राना पक्राउ परेका हुन् ।

उनीहरुले बुधबार राति विरुवा प्रहरी चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी प्रमुख प्रकाश विष्टले बताउनुभयो । उनीहरुले डियुटीमा रहेका प्रहरी जवान मिलन सारुलाई आक्रमण गर्नुका साथै हतियार समेत खोस्ने प्रयास गरेको प्रहरी प्रमुख विष्टको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस