आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023
FLASH NEWS

चावहिलमै छ, सोलुखुम्बुको वडा कार्यालय

AuthorAP Khabar२०७५ मंसिर २८, शुक्रबार (४ साल अघि) ७१६ पाठक संख्या

काठमाडौं  , मङ्सिर २८  : सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका वडा नम्बर ९ को सेवा सम्पर्क कार्यालय काठमाडौमा पनि खोलिएको छ । भदौदेखि चावहिलमा लोखिम हाउसबाट  वडाको सेवा  दिन थालिएकाे हो ।

काठमाडौंमा रहेका वडावासीलाई हरेक महिनाको अन्तिम दुई दिन लोखिम हाउसले सेवा दिँदै आएको छ ।  कोठा भाडामा लिएर सेवा थालिएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिनुभयो ।

लोखिम हाउसबाट अहिलेसम्म चार पटकमा १ सय ३० जनालाई सेवा प्रदान गरिएको छ । त्यसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउसले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस