आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

९३ तहको नाम र केन्द्र फेरबदल

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (३ साल अघि) २८० पाठक संख्या

काठमाडौं   , मंसिर २९ :  ९३ वटा स्थानीय तहले आफ्नो नाम र केन्द्र फेरबदल गरेका छन् । विगतमा स्थानीय तह पुनः संरचना आयोगले संख्या तथा निर्धारणसँगै अस्थायी नाम र केन्द्र तोकेको थियो ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नाम र केन्द्र परिवर्तनको माग बढेको थियो । अहिलेसम्म मन्त्रिपरिषद् निर्णयअनुसार १७ वटाको नाम, ५५ वटाको केन्द्र तथा २१ वटाको नाम र केन्द्र दुवै फेरिएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार परिवर्तित नाम र केन्द्र राजपत्रमा समेत प्रकाशित भइसकेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस