आज:  २०७९ मंसिर १९, सोमबार | Mon, 05, Dec, 2022
FLASH NEWS

महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (३ साल अघि) ३७३ पाठक संख्या

काठमाडौं , मंसिर २९ : महिलाहरु महिनावारी हुँदा रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन दुखाईको समस्या हुने गर्दछ ।  धेरै महिलाले त्यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा कुनै पनि प्रकारको गाँठो देखिनु क्यान्सरको मुख्य लक्षण हो तर यस विषयमा यो क्यान्सरको लक्षण नभई कुनै अन्य कारणले हुने गर्दछ ।

यसकारण दुख्छ स्तन ?

महिलाहरु महिनावारी हुनुपूर्व स्तन सुनिने र दुखाई हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मेस्टाल्जिया भनिन्छ ।  यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठोजस्तो महसुस हुन्छ र रक्तश्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ । धेरैजसो महिलाको महिनावारी साधारणतया २८ दिनको अन्तरालमा हुने गर्दछ र एक चक्रको अन्तरालमा नै शरिरमा थुप्रै प्रकारको हर्मोनल परिवर्तन हुने गर्दछ ।

महिनावारी हुने ठिक एक हप्ता पहिले शरिरमा प्रोजेस्टेरोनको स्तरमा वृद्धि हुने गर्दछ जसका कारण स्तन सुन्निने गर्दछ । त्यसरी नै मासिक धर्मको १४–२८ का बिच शरिरमा एस्ट्रोजनको स्तर वृद्धि हुने गर्दछ जसका कारण स्तनको आकार पनि बढ्न थाल्छ र पीडा महसुस हुन थाल्छ।

आराम पाउने तरिका

पीडाबाट आराम पाउनका लागि सबैभन्दा पहिले आफ्नो ब्रा परिवर्तन गर्नुहोस् । तपाईंले स्पोर्टस् ब्रा लगाउँदा राम्रो । यसले स्तनलाई पूर्ण सहारा प्रदान गर्दछ । यसका साथै, मदिरा, क्याफिनयुक्त खानेकुरा र नुनिलो खानेकुरा निकै कम खानुहोस् ।  किनभने यसले पीडालाई बढाउने गर्दछ । नुनका कारण शरिरमा फ्लूइड रिटेन्शन बढ्ने गर्दछ जसका कारण पीडा थप बढ्न सक्छ । यसबाट बच्नका लागि आफ्नो खानामा बदाम, पालुङ्गो, केरा, गाजर, ब्राउन राइसलाई अत्यधिक मात्रामा समावेश गर्नुहोस् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस