आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

मेनुकाले दश वर्षे जनयुद्धमा देखेकी सपना पुरा हुन सकेन

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (४ साल अघि) ४२४ पाठक संख्या

बिदुर खडका
डुमरवाना, मंसिर २९ : माजिक परिवर्तनका लागि दश वर्षे जनयद्धमा होमीएकी मेनुका फुयाल असफल भएकी छिन् । उच्च शिक्षा हासिल गरी महिलाहरुको जिवनमा परिवर्तन आउने आशा बोकी माओवादि द्धन्द्धकालमा जनयुुद्धमा लागेकी थिईन् तर शान्ति वार्ता पश्चात समाजमा आउने परिवर्तनको आशा गरेकी उनले आफुले देखेको समपना पुरा नभएको बताउदै आफु असफल भएको बताईन् ।
संचारकिर्म विदुर खड्कासंगको कुराकानिमा उनले महिलाहरुमा हुने सामाजिक, धार्मिक र सांस्कृतीक विभेद सामाजिक परिवर्तन पश्चात मात्र हुने आशमा आफु दश वर्षे जनयुद्धमा होमीएको तर आज त्यो दश वर्षे जनयुद्धबाट हाम्रो समाजका महिलाहरुका लागि खासै केहि नगरेको बताईन् ।
उच्च शिक्षा हासिल गरेर एउटा कुश्ल गृहणीको जीवन बिताई रहेकी उनले हिजो युद्धकालमा कम्युनिष्ट चरित्र बहन गरेका महिला साथिहरु हालका दिनहरुमा सामाजिक सास्कृतिक परिर्वतनमा नलागि गोल चक्करबादमा फसेको आरोप लगाउनु हुन्छ ।
मानिस परिर्वतनको सोच भन्दापनि शक्तिको पुजारि भएकै कारण हाल यथास्थितिबाद शक्ति हाबि भएकोले महिलाहरुमा सास्कृतिक परिर्वतन हुन नसकेको उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस