आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको गौर नपामा सोवरनामाई मन्दिर परिसरमा विष्णु मन्दिरको शिलान्यास

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (४ साल अघि) ४२२ पाठक संख्या

AP संवादाता
रौतहट, मंसिर २९ : रौतहटको सबैभन्दा पुरानो नपा गौर नगरपालिका वड़ा नम्बर ४ स्थितमा अवस्थित रहेको सोवरनामाईकि मन्दिर परिसरमा आज विष्णु मन्दिर शिलान्यास कार्यक्रममा सम्पन्न भएका छन् ।

सोवरनामाई मन्दिर परिसरमा विष्णु मन्दिर शिलान्यास
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका रुपमा प्रतिनिधि सभा सदस्य एवं नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले सदरमुकाम गौरको राजनितिक परिवर्तनमा उल्लेखनीय योगदान रहेको बताए ।

पूर्व मन्त्री साहले गौर भन्दा पछि गठन भएको चन्द्रपुर नगरपालिका विकासमा फड्को मारी रहेको छन भने गौर विकासमा पछि पर्दे गएका टिपण्णी गरे । उनले भने पुरानो सोच त्यागेर नया सोचका साथ अगाडी नबढे गौरको आधुनिक विकास सम्भव नरहेको दावी गरे ।

गौरको दुवै तरफ बागमती र लालबकैया नदी रहेकोले यसको बांध मजवूत दीर्घकालीन रुपमा नभए सम्म भौतिक संरचना र व्यवसायको प्रवर्धन हुन नसक्ने जनाए । अधिकारको लड़ाईको साथ साथै विकास र समृद्धिको लड़ाई लाडनू पर्ने बेला आएको बताउँदै समाजमा सदाचारी ,सुसाशन कायम नगरे सम्म विकास सम्भव नरहेको ठोकूवा गरे ।

भारतको बैरगनिया देखि लिएर हाइवे सम्म सड़कको विस्तार हुनु पर्ने जोड़ दिए । बाईपासको ट्रायक नगरपालिकाले निकाले सड़क निर्माण गराउने घोषणा गर्दै सवैको सल्लाह अनुसार विकासको वातावरण त्यार गर्न मेयरलाइ आग्रह गरे ।

उनले हरेक व्यक्तिको इच्छा जागृत हुनु पर्ने जोड़ दिए सड़क विस्तार ,औधोगिक क्षेत्र , पर्यटकीय क्षेत्रको निर्माण र सिचाईको सुविधा भएमा रौतहटको पूर्ण विकास हुन सकने धरना राख्दै पूर्व मन्त्री साहले विष्णु भगवानको मन्दिर निर्माणमा भए सम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

गौर अस्पतालको अवस्था बारे जिकिर गर्दै सांसद साहले जिल्ला अस्पतालको प्रति सवै राजनितिक दल , स्थानीयबासी , नागरिक समाजका अगुवा , वुद्धिजीवी ,शिक्षक ,पेशाकर्मी ,पत्रकार अग्रसर हुनु पर्ने बताए ।

विष्णु भगवानको मन्दिर शिलान्यास भएपछि स्थनिय गौर नगरपालिका वडा नं ४ का वडा बासिहरू हर्सो हुलासका साथ खुसि भएका देखिएका छन् ।सो विष्णु मन्दिर शिलान्यास कार्यक्रमको आयोजक रौतहट मै चर्चित पत्रकार संजय सहनीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस