आज:  २०७९ मंसिर २१, बुधबार | Wed, 07, Dec, 2022
FLASH NEWS

‘खेलको विकास नभएसम्म मुलुक समृद्ध बन्दैन’

AuthorAP Khabar२०७५ पौष १, आईतबार (३ साल अघि) ३७८ पाठक संख्या

काठमाडौं   , पौष  ०१ : नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।

शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको

बताउनुभयो ।

उहाँले फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै नगरस्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो।

प्रतियोगिताको फाइनलमा प्रथम भएको शङ्खरापुर नगरपालिका वडा नम्बर ९ लाई एक लाख, दोस्रो भएको वडा २ लाई ५० हजार र तेस्रो बनेको वडा १ लाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रद्वारा मन्त्री विश्वर्कमाले सम्मान गर्नुभएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस