आज:  २०७९ मंसिर २१, बुधबार | Wed, 07, Dec, 2022
FLASH NEWS

इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी

AuthorAP Khabar२०७५ पौष १, आईतबार (३ साल अघि) ३१० पाठक संख्या

पोखरा , पौष  ०१ :  इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रोग्रेसिभ इञ्जिनीयर एशोसिएशन नेपाल (पिन)का उम्मेदवार विजयी भएका छन् । पोखरामा सम्पन्न अधिवेशनबाट नेकपा समर्पित इञ्जिनीयरिङहरुको एसोसियसनको समूह निर्वाचित भएको हो ।

एशोसिएशनको अध्यक्षमा बाबुराम भण्डारी ५६४ मतसहित विजयी हुनु भयो भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका राजेश भट्टराईले ४१५ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपसभापतिमा ध्रुवराज भट्टराई, सचिवमा दीपक थापा, सहसचिवमा विष्णुप्रसाद खनाल विजयी हुनुभयो ।

सदस्यहरुमा हरिकला थापा गुरुङ, डा केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदीप न्यौपाने, सर्मिला गौतम र अनिशकुमार ढकाल विजयी हुनुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस