आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

‘घर भाडा फिर्ता गर्छु’

AuthorAP Khabar२०७५ पौष १, आईतबार (४ साल अघि) ४२१ पाठक संख्या

काठमाडौ , पौष  ०१ : प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संसद सचिवालयबाट घरवाडा वापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गर्ने बताउनु भएको छ ।

सांसद भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गरेर संसद सचिवालयको कमजोरीको कारण आफ्नो खातामा घरभाडा वापतको रकम जम्मा भएको उल्लेख गर्नुभएको छ ।

‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयको तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीको कारण कमजोरी हुन गएकोमा दुःख व्यक्त गर्छु’ नेता भट्टराईको विज्ञप्तिमा उल्लेख छ, ‘घरभाडा वापत १० महिनामा मेरो खातामा जम्मा भएको ९० हजार रुपेयाँमा फिर्ता गर्न र आउने महिनामा त्यस वापत आउने रकम समेत कट्टा गर्न संसद सचिवालयलार्इ अनुरोध गर्दछु ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस