आज:  २०७९ मंसिर १३, मंगलबार | Tue, 29, Nov, 2022
FLASH NEWS

दुर्घटनामा ७४ को मृत्यु

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (३ साल अघि) २७९ पाठक संख्या

चितवन , पौष ०३ :  सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १ सय ३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३ सय १७ जना घाइते भएका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए ।

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी सङ्ख्यामा मृत्यु हुने गरेको बताउनुभयो । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको हो । तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको गौतमले बताउनुभयो । जिल्लामा मासिक एक हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस