आज:  २०७९ श्रावण २३, सोमबार | Mon, 08, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

२०१८ का चर्चित बलिउड सेलिब्रिटीः सलमानभन्दा सारा अगाडि

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (३ साल अघि) २४८ पाठक संख्या

अंग्रेजी क्यालेन्डरको अन्तिम पातो अब केही सातामै फेरिदैछ । यससँगै नयाँ बर्षको आगमन हुनेछ । नयाँ बर्ष नजिकिएसँगै चालु बर्षको समीक्षा हुन थालेको छ । यसैबीच बलिउडलाई अनेक कोणबाट तात्तातो समीक्षा गर्न थालिएको छ ।
सन् २०१८ खासगरी बलिउडमा विवाहको उमंग छाइरह्यो । थुप्रै बलिउडस्टारले धुमधामका साथ आफ्नो जोडी बाँधे । लामो समयदेखि अफेयरमा रहेका दीपिका पादुकोण र रणवीर सिंहदेखि प्रियंका चोपडासम्मले यही बर्ष आ–आफ्नो जोडी बाधे । यो सुचीमा कमेडियन कपिल शर्मा पनि सामेल भए ।

अर्कोतिर यसपाली स्टार किड्सको चर्चाले बलिउडलाई चलायमान बनाइरह्यो । उनीहरुको घुमघामदेखि डेब्युसम्मले । अवार्डदेखि अफेयरसम्मले । यता बलिउड स्टार्सको खराब स्वास्थ्य स्थितीले पनि उनीहरुका प्रशंसकलाई दुखी तुल्यायो । ऋषि कपुरदेखि, सोनाली बेन्द्रेसम्म, इरफान खानदेखि शाहिद कपूरसम्मको खराब स्वास्थ्य–स्थिती मिडियामा छायो । शाहिदले भने आफु स्वस्थ्य रहेको प्रतिक्रिया दिए ।

अब लागौं, यस बर्षका चर्चित सेलिब्रेटीतर्फ । सन् २०१८ कुन बलिउड सेलिब्रेटीको लागि फलिफापयुक्त भयो ? गुगलको सूची अनुरुप छनौट गरिएको नाम यहाँ पेश गरिएको छ ।

१. प्रियंका चोपडा
प्रियंका चोपडाले बर्षभर अत्यधिक चर्चा पाइन् । कहिले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साक्षात्कारमा छोटो पहिरन लगाएको कारण त कहिले निक जोनससँग डेट गरेको कारण । कहिले सलमान खानको फिल्म साइन गरेको कुरा त कहिले सलमानको फिल्म छाडेको कुराले । आखिरमा उनले अमेरिकन गायक, अभिनेता निक जोनससँग जोडी बाँधिन् ।

२. सारा अलि खान
सैफ अली खानकी छोरी अर्थात शर्मिला टैंगोरकी नातिनी सारा अलि खान । तर, उनले यस बर्ष आफ्नो पुरानो विशेषण छोट्याइन् । उनलाई चिनाउनका लागि शर्मिलाकी नातिनी भनिरहनु परेन । सैफकी छोरी भनिरहनु परेन । किनभने यसबर्ष उनले बलिउड डेब्यु गरिन् । र, आफ्नो नामको अगाडि अभिनेत्रीको विशेषण जोडिन् ।

यसबर्ष उनको चर्चा खुब चल्यो । खासगरी विवादित डेब्युको कारण । पहिलो खबर थियो, करण जौहरले उनलाई डेब्यु गराउँदैछन् । अर्कोतिर सलमान खानले लन्च गराउने चर्चा चल्यो । यसैबीच साराकी आमा अमृता सिंहले साराका लागि फिल्म ‘केदारनाथ’ छनौट गरिन् ।

फेरी फिल्म निर्माता र निर्देशकको झगडाले उनको प्रोजेक्ट रोकियो । यसैबीच निरास सारा करण जौहरको शरणमा पुगिन् । उनलाई ‘सिंबा’ फिल्ममा लिइयो । उनी यही फिल्मबाट डेब्यु गर्नेवाला थिइन् । तर, बर्षको अन्त्यतिर ‘केदारनाथ’ आफ्नो ट्र्याकमा आयो । साराले अभिनय गरिन् । फिल्म प्रदर्शन भयो । साराको डेब्युको कथा पनि बद्लियो ।

३. सलमान खान
त्यसो त सलमान खानलाई चर्चामा रहनका लागि कारण चाहिँदैन । यद्यपी यसपाली उनले जोधपुर जेलमा दुई रात विताएको र ईदको बेला फिल्म ‘रेस–३’ नराम्ररी पछारिएको कारण उनको चर्चा चुलियो ।

४. दीपिका पादुकोण
यो स्थान दीपिका पादुकोणले आफ्नो मेहनतले प्राप्त गरिन् । किनभने ठूलो एवं फराकिलो मन चाहिन्छ, एक महिना विवाहको उत्सव मनाउनका लागि । दीपिकाले दुई विवाह र चार रिसेप्सन दिइन् ।

५. सोनम कपुर
सोनम कपुरको विवाह कुनै अम्बानीकी छोरीको विवाहभन्दा कम थिएन । किनभने उनको विवाहमा पुरा बलिउड एकत्रित भएका थिए । शाहरुख, सलमान, आनिल कपुरले यस विवाहमा टल्की डान्स गरेका थिए ।

६. सोनाली बेन्द्रे
सोनाली बेन्द्रे भने नकारात्मक कारणले चर्चामा आइन् । टेलिभिजन रियालिटी शोको निर्णायकको रुपमा सक्रिय रहेकी उनलाई क्यान्सर भयो । यो खबरले बलिउडमा सन्नाटा छायो । यद्यपि उनको हौसला र उत्साह देखेर सबैले उनलाई सलाम गरे । आखिरमा उनी क्यान्सरलाई जित्न सफल भएकी छन् ।

७. अर्जुन कपुर
अर्जुन कपूरले सौतेनी आमा श्रीदेवीको मृत्युपछि दुई बहिनीलाई आड भरोसा दिए । जबकी पहिले यी दाजुबहिनीको सम्वन्ध राम्रो थिएन । कठिन समयमा बहिनीहरुप्रति उनले जुन व्यवहार गरे, त्यसले सबैको मन जित्यो । उनको सर्वत्र तारिफ भयो । यसपछि उनको परिवार पनि एकजुट भयो । यद्यपि मलाइका अरोडासँगको उनको अफेयरले भने धेरैलाई नाक खुम्चाउन बाध्य तुल्यायो ।

८. जान्भी कपुर
अर्जुन कपूरसँगै अरु कसैको चर्चा भयो भने उनी थिइन्, जान्भी कपूर । श्रीदेवीकी छोरी जान्भीले आमाको निधनपछि फिल्मलाई निरन्तरता दिइन् । उनको फिल्म ‘धडक’ सार्वजनिक भयो र यसले दर्शकको मन जित्यो । साथसाथै जान्भीको अभिनयले पनि दर्शकलाई लोभ्यायो । प्रतिकुल परिस्थितिसँग जुधेर उनले जुन सफलता हासिल गरिन्, त्यसको धेरैले खुलेर चर्चा गरे ।

९. तनुश्री दत्त
तनुश्री दत्तले बलिउडमा मिटूको लहर छेडिन् । तनुश्रीले नाना पाटेकरका विरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरिन् । १० बर्षअघि नाना पाटेकरले एक फिल्मको सेटमा आफुमाथि दूव्र्यवहार गरेको भन्दै उनले आवाज उठाएकी थिइन् । तनुश्रीको हिम्मतपछि अरु बलिउड स्टारले यौन उत्पीडनबारे खुलेर आवाज उठाए ।

१०. इरफान खान
सोनाली बेन्द्रेका साथै इरफान खानलाई क्यान्सर भएको कुराले सर्वत्र चर्चा पायो । इरफानले बेलाबेला आप्mनो स्वास्थ्य स्थितीबारे अपडेट गराइरहे ।

प्रतिक्रिया दिनुहोस