आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

समाजमा विकाशको परिकल्पना गर्न महिलालाई साक्षर बनाउनु आवश्यक : प्रदेश सभा सदस्य विश्वकर्मा

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (४ साल अघि) २८४ पाठक संख्या

AP डेस्क
जीतपुर, पुस ३ : प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले महिलालाई साक्षर नबनाए सम्म समाजमा विकाशको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ मा मंगलबारबाट शुरु भएको ३ महिने महिला साक्षरता समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्बृद्ध समाजको निर्माणमा महिलाको भुमिका महत्वपुर्ण रहेकोले सबैभन्दा पहिले महिलालाई साक्षर बनाउनुपर्ने कुरामा जोडदिनुभयो । उहाँले प्रदेश नम्बर २ ले पनि ‘बेटि पढाउ, बेटि बचाउ अभियान शुरु ’ गरेको बताउदै विपन्न समुदायमा शिक्षाको स्तर उकास्न यस कार्यक्रमले सारहनिय भुमिका निर्वाह गर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्गले महिलाको जिवन स्तरमा सुधार ल्याउन सबै महिला शिक्षीत हुन जरुरी रहेको बताउनुभयो । उहाँले अशिक्षाका कै कारण पुरुष सामु महिलाहरु झुक्नुपर्ने बाध्यता रहेको बताउदै अब सबैले आ–आफ्नो स्तरबाट शिक्षाको क्षेत्रमा योगदान दिन आग्रह गर्नुभयो ।

महिला सरोकार मञ्च जीतपुरको अयोजनामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शोभा लामाले ग्रामिण समुदायका महिला उमेर ढलिसकेको भन्दै सिक्न नमान्ने प्रबृति रहेको कुरालाई दर्शाउदै लाज नमानी यस साक्षरता कार्यक्रममा सहभागि हुने सबैलाई सुझाव दिनुभयो ।

महलिा सरोकार मञ्ज जीतपुरका अध्यक्ष देवि सापकोटाको सभाअध्यक्षतमा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरी, सेभेन ओमेन नेपालकी अध्यक्ष अनिता नेपाली, उपाध्यक्ष महेश्वर घिमिरे, कोषाध्यक्ष पदमकुमार श्रेष्ठ, स्थानिय समाजसेवि देवनारायण चौधरी, दलित महिला संघकी अध्यक्ष कलावती चौधरी, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक उद्यराज शर्मा लगाएको सहभागिता रहेको थियो ।

आशा दहालको सहजिकरणमा सम्पन्न कार्यक्रममा रञ्जना झाले स्वागत मन्तब्य राख्नुभएको थियो । सेभेन ओमेन नेपालको सहयोगमा आयोजित यस कार्यक्रममा ३ महिनासम्म १ सय ३० जना महिलालाई ३ जना प्रशिक्षकहरुले साक्षर बनाउने संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस