आज:  २०७९ श्रावण ३०, सोमबार | Mon, 15, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

पुलिस क्लब र बिग्रेड ब्वाइज भिड्दै

AuthorAP Khabar२०७५ पौष ४, बुधबार (३ साल अघि) २९२ पाठक संख्या

काठमाडौं ,पौष ०४  :  शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेल नेपाल पुलिस क्लब र बिग्रेड ब्वाइजबीच हुँदैछ ।

खेल बिहान ११ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुनेछ । आठ खेल खेलेको पुलिस क्लब चारमा जीत, दुईमा हार र दुईमा बराबरीमा रोकिएको थियो । पुलिस १४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने, आठै खेल खेलेको ब्रिग्रेड ब्वाइज ४ अंकसहित तालिकाको बाह्रौ स्थानमा छ । ब्वाइजले जारी खेलमा एकमा मात्र जीत निकालेको छ । भने एक खेल बराबरी खेलेको थियो ।

आजै हुने दोस्रो खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी आमने सामने हुँदैछन् । ८ खेल खेलेको थ्रीस्टार सातमा जीत र एकमा हार बेहोर्दै २१अंकसहित लिगको तेस्रो स्थानमा छ भने, समान खेल खेलेको आर्मी १७ अंकसहित लिगको चौथो स्थानमा छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस