आज:  २०७९ श्रावण २३, सोमबार | Mon, 08, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालयको ट्यांकीमा विद्यार्थी मृत फेला

AuthorAP Khabar२०७५ पौष ४, बुधबार (३ साल अघि) २३६ पाठक संख्या

काठमाडौं  ,पौष ०४  :  दैलेखको नारायणनगरपालिका–१ स्थित सनराइज बोर्डिङ स्कुलको पानी ट्यांकीमा एक विद्यार्थी मृत फेला परेका छन् ।

६ वर्षीय हिक्मत शाही विद्यालयको तल्लो तलामा रहेको पानी ट्यांकीमा बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, दैलेखले पुष्टि गरेको छ ।

यूकेजीमा अध्ययनरत शाही मंगलबार दिउँसो १ बजेबाट हराएका थिए । लगत्तै विद्यालय तथा प्रहरीले उनको खोजी थालेका थिए । तर, उनी मंगलबार बिहानै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत बालक आफैं ट्यांकीमा परेका हुन् या यसमा कसैको संलग्नता छ भन्ने खुलेको छैन ।  प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस