आज:  २०८० जेष्ठ २१, आईतबार | Sun, 04, Jun, 2023
FLASH NEWS

सिमरा महोत्सवको सम्पूर्ण तयारी पुरा, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले उद्घाटन गर्ने

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (४ साल अघि) ३९३ पाठक संख्या

सिमरापुस ६ : : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित सिमरा रङ्गशालामा शुक्रबारबाट शुरु हन लागेको दोश्रो सिमरा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
सिमरा फाउण्डेशनको मूख्य आयोजनामा शुक्रबारबाट शुरु हुने महोत्सव आगामी १६ पुष सम्म चल्नेछ । महोत्सवको उदघाटन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्ने तय भएको आयोजक संस्थाका अध्यक्ष आरिफ हुसेनले बताए ।
महोत्सवको उद्घाटन कार्यक्रममा रक्षामन्त्री पोखरेलसंगै राष्ट्रिय सभाकी सदस्य एवं चर्चित गायिका कोमल वली लगायत प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरु उपस्थित हुने कार्यक्रम रहेको अध्यक्ष हुसेनले  बताए ।

महोत्सवस्थल सिमरा रङ्गशालामा हिमाल, पहाड र तराईको प्रतिनिधित्व झल्कने दुईसय भन्दा बढि विभिन्न स्टलहरु राखिएको छ । २०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहराको प्रतिविम्ब देखि बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर, हाति तथा गैंडाका स्तम्भ लगायत नेपालका विभिन्न स्थानको पहिचान झल्काउने प्रतिविम्बहरुसमेत निर्माण गरिएको छ ।

प्रत्यक दिन महोत्सवमा सहभागि हुन आउने दर्शकको मनोरञ्जनका लागि चारदर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम, वाल उद्यान तथा अन्य विभिन्न मनोरञ्जनका साधनहरुको व्यवस्था मिलाईएको आयोजक सिमरा फाउण्डेशनका अध्यक्ष हुसेनले जानकारी दिए ।
सिमरा फाउण्डेशनको मूख्य आयोजनामा हुन लागेको महोत्सवको संयोजन औद्योगिक शान्ति नेपाल काठमाडौं र सिमराको हाम्रो समन क्याम्पले गरेको छ । यस्तै सिमरा स्थित नवदुर्गा यूवा क्लब, भेट्रान्स क्लब, विकाशशिल यूवा क्लब र जनहित उपभोक्ता समिति महोत्सवको आयोजकका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस