आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

नेता भण्डारी भारत पुगेको खुल्यो, तर सम्पर्कविहीन

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (३ साल अघि) २३१ पाठक संख्या

भद्रपुर , पुस ६ : प्रहरीले बिहिबार बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उहाँलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको हो ।

‘एक जना मानिस छेउमा देखिएका छन्’, प्रहरी प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘बुधबार बिहान ९ः२५ बजे उहाँ काँकरभिट्टाबाट भारततिर जाँदै गरेको र १५ मिनेटपश्चात भारतीय नाका पानीट्याङ्कीमा पुग्नुभएको सिसी क्यामेरामा देखिएको छ ।’ खोजीमा जुटेको प्रहरीले काँकरभिट्टा र पानीट्याङ्की नाकामा राखिएको सिसी टिभीको फुटेज अध्ययन गरेर उहाँ बुधबार बिहान भारततिर पुगेको पत्ता लगाएको हो । उहाँ चढेको रिक्सामा अर्को एक व्यक्तिसमेत सवार रहेको र ती व्यक्ति को हुन् भन्ने पहिचान गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । भारतको पानीट्याङ्कीबाट उहाँ कता पुग्नुभयो भन्ने प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

भारततिर लागेको प्रमाण फेला परे पनि यो समाचार तयार पार्दासम्ममा ४९ वर्षीय नेता भण्डारी कसैको सम्पर्कमा आउनुभएको छैन । उहाँ बुधबार बिहान ९ बजेतिर घरबाटै सम्पर्कविहीन हुनुभएको थियो । उहाँले नियमित रुपमा प्रयोग गर्दै आउनुभएको मोबाइल फोन र मोटरसाइकल भने घरमै रहेको छ । ‘हामी भारततिरको प्रहरीको सहयोगमा सबै कुरा बुझ्दैछौँ, खोज्दैछौँ’, जिल्लाका प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रहरीले नेता भण्डारीले घरमा छाडेका दुवै मोबाइल फोन साथमा लिएर कलडिटेल लिएको छ भने एक महीना अघिदेखि धेरै मात्रामा आउने फोन कलको निगरानी र अध्ययन गरिरहेको जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस