आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

सन् १०१८ मा देखिए यस किसिमका स्वास्थ्य सम्बन्धी समस्या

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (३ साल अघि) ३२६ पाठक संख्या

 पुस ६ :  हामी डिसेम्बरको करिब करिब अन्तिममा छौ । डिसेम्बर सकिएसँगै सन् २०१९ को जनवरी महिना सुरु हुनेछ अर्थात हामी नयाँ वर्षमा प्रवेश गर्नेछौ ।

नयाँ वर्षलाई हामी जति हर्षोल्लास साथ मनाउँछौ, त्यति नै विगतका पलहरुलाई राम्रो र नराम्रो यादको रुपमा स्मरण गर्छौ ।

यस वर्ष यस्ता कयौ घटना भए जसले कसैलाई मिठो याद दिएर गयो भने कयौलाई नमिठा यादहरु दिएर गयो । स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने विशेषगरी, यस वर्ष भारत, दुवई, कतार लगायतका तेश्रो मुलुकमा बसोबास गर्ने मानिसहरुका लागि यो वर्ष खासै राम्रो रहेन ।

यस वर्ष यस्ता धेरै भाइरस तथा रोगहरु देखिए जसले मानिसहरुलाई लगातार तनाव दियो । विशेषगरी, जिका भाइरस, निपाह भाइरस, इबोला, डिप्थेरिया, डेंगू आदिले धेरैलाई सतायो ।

यसको प्रभावका कारण यस वर्ष यस्ता भाइरस विश्वको लागि नै ठूलै चर्चाको विषय बन्यो । लाखौ मानिसको मृत्यु भयो । हजारौ मानिस यस्ता भाइरसबाट संक्रमित भए ।

नेपालमै पनि यी मध्य केही रोगहरु देखिए । जसले गर्दा मानिसहरु ससंकित बने । थुप्रै जाँचहरु गरियो । विदेशबाट आउने नेपाली कामदारहरुलाई निगरानीमा राखियो । स्वास्थ्य क्षेत्रमै नयाँ चुनौती सिर्जना भयो ।

यस्ता भाइरस तथा रोग सन् २०१९ मा पनि नदोहरिएला भन्न सकिने अवस्था छैन । त्यसैले, यस्तो भाइरस तथा रोगबारे बेलामै सचेत रहन नयाँ वर्षको आगमनसँगै यस्ता केही भाइरसबारे सामान्य जानकारी हासिल गर्न आवश्यक छ ।

चिकनगुनिया

चिकनगुनिया एक किसिमको ज्वरो हो , जसमा जार्नी तथा हड्डीमा असहनीय पिडा हुन्छ । त्यसैले, चिनकगुनियालाई हड्डीलाई प्रभावित पार्ने ज्वरो पनि भन्ने गरिन्छ, यो लामखुट्टेको टोकाईबाट फैलिने गर्छ ।

विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार चिकनगुनियाबाट केन्यामा मात्र नभई भारत लगायतका छिमेकी मुलुक पनि प्रभावित भएको थियो ।

चिकनगुनिया भएमा लामखुट्टले टोकेको तीन देखि सात दिन भित्रमा यसको लक्षण देखा पर्न सुरु हुन्छ । यो रोग १९५२ मा पहिलो पटक साउथन टान्जानियामा देखा परेको थियो ।

यो रोग अहिलेसम्म युरोप, अफ्रिका, एसिया लगायत विश्वका ६० भन्दा बढी देशहरुमा देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चिकनगुनिया अफ्रिकी शब्द हो, जसको अर्थ ‘मोडिदिनु’ हुन्छ ।

इबोला भाइरस

इबोला एक किसिमको प्राणघातक भाइरस हो जसले विश्व भरका मानिसलाई आतंकित बनायो । विश्व स्वास्थ्य संगठनका अनुसार कंगोलामा फैलिएको इबोला भाइरस स्वास्थ्य इतिहासमा अहिलेसम्मकै दोश्रो ठूदो माहामाहीको रुपमा देखा परेको छ । इबोला विशेषगरी, चमेरोबाट खजुर हुँदै मानव शरीरमा फैलिने गर्छ ।

निपाह भाइरस

निपाह भाइरसको प्रकोप विश्वका अन्य देशका साथै भारतमा पनि फैलियो । भारतको केरल तथा भोपाल राज्यमा त सरकारले निपाह भाइरसलाई लिएर हाई एर्लट नै जारी गर्यो ।

जनावरबाट मानिसमा फैलिने निपाह भाइरसबाट बच्नकै लागि मानिसहरुलाई फलफूल र सागसब्जी खानु अघि त्यसलाई राम्ररी धुने सल्लाह दिइन्छ । किनकी निपाह भाइरस जनावरको सम्पर्कमा आउने फलफूल, दुषित खानेकुरा तथा सागसब्जीबाट फैलिने गर्छ ।

जीका भाइरस

लामखुट्टेको टोकाईबाट फैलिने जीका भाइरसले युगाण्डा,रुवाण्डा, साउथ सुडान लगायत छिमेकी मुलुक भारतलाई समेत तनावमा पार्‍यो । छिमेकी देश भारतको राजस्थानमा मात्र जिका भाइरसबाट संक्रमित हुनेको संख्या एक सय भन्दा बढी थियो ।

भारतसँग खुला सिमाना भएकै कारण नेपाल पनि जीका भाइरसको उच्च जोखिममा रहेको थियो । जीका भाइरसको संक्रमण भएमा जीकाले गर्भवती महिलाहरुलाई चपेटामा लिएर भ्रुणको दिमागी विकासमा अवरोध सिर्जना गरी मस्तिष्कका आकार सानो हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनले समेत जीकाबाट सचेत रहन सबै मुलुकलाई चेतावनी दिएको थियो । जीका भाइरस पहिलो पटक सन् १९४७ मा फेला परेको थियो ।

सन् १९५२मा यो पहिलो पटक मानव शरीरमा देखिएको थियो । त्यसपछि कयौ अफ्रिकी मुलुक सहित साउथ इष्ट एशियाली देशहरुमा यो भाइरस फैलिएको थियो ।

डिप्थेरिया

बच्चाहरुमा देखिने डिप्थेरिया नामको संक्रमणका कारण सन् २०१८मा थुप्रै अमाबुबालाई मानसिक तनाव भयो । पाँच वर्ष मुनीका बालबालिकालाई प्रभावित पार्ने यस संक्रमणले बच्चाको घाँटीमा असर पार्ने गर्छ ।

यो ब्याक्टेरियाले टंसिल वा श्वास नलीलाई पूर्णतया प्रभावित पार्छ, जसले गर्दा बच्चाको घाँटीमा झिल्ली विकसित भएर सास लिनमा कठिनाई उत्पन्न हुन्छ । कहिलेकाही यसकै कारण बच्चाको मृत्यु समेत हुनसक्छ ।

लिसा फिभर

मुसाको मलमुत्रबाट फैलिने यस संक्रमणबाट नाइजेरियाका स्थानीय बढी प्रभावित भए । यो एक किसिमको ज्वरो -फिभर) हो जुन लासा भाइरसद्धारा फैलिन्छ ।

नाइजेरियाबाहेक यो भाइरस गिनी, बेनिन, घाना, माली, लाइबेरिया, सिएरा लियोन तथा पश्चिम अफ्रिकाका अन्य देशहरुमा पनि फैलिएको थियो ।

डेंगु

एडिज एजिपटाई नामक लामखुट्टेको टोकाईका सर्ने डेंगु यसबर्ष नेपालबाट समेत अछुतो रहेन । यस वर्ष भारत लगायतका तेश्रो मुलुक सहित नेपाल पनि डेंगुको संक्रमणको उच्च जोखिममा रह्यो । विशेषगरी नेेपालका तराई जिल्ला रुपन्देही, लालबन्दी, महोत्तरी, बर्दीबास, धादिङ्ग, हेटौडा, झापा लगायतलाई डंगुले बढी प्रभावित पार्‍यो ।

डेंगुको प्रकोप विशेषगरी, वर्षात सकिएर तराईका जिल्लाहरुमा बढ्ने गर्छ । विशेषगरी सेप्टेम्बरबाट सुरु हुने डेगुकेा प्रकोप नोभेम्बरसम्म रहने गर्छ ।

डेंगु भएमा दुई देखि सात दिनसम्म धेरै ज्वरो आउने, आँखाको गेडी, जोर्नी तथा ढाड दुख्ने, जीउ गल्ने, टाउको दुख्ने, विमिरा आउने, शरीरका विभिन्न ठाँउबाट रगत बग्ने लगायतका लक्षण देखिने गर्दछ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस