आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

१३ लाख नेपाली रुपैयाँ र ३०० चिनियाँ युआनसहित दुई पक्राउ

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (४ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं , पुस ६ :  काठमाडौं महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ तथा चार हजार ३०० चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडी रहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति जाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

छिरिङ दोर्जेले चलाएको बा६४प ११०९ नंको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिकीभित्र अन्दाजी डेढ किलो सुनजस्तो पहेँलो धातुको बुद्धको मूर्ती एक थान तथा स्कुटरमा सवार चिनीया नागरिक पञ्चाउडीले बोकेको झोलामा युआन र नेपाली रुपैयाँ फेला पारिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता धारिलो हतियार प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने २६ वर्षीय दीपेश लम्साललाई प्रहरीले पक्राउ गरेको छ । लम्सालमाथि काठमाडौं महानगरपालिका–२१ ढुङ्गेधारा बस्ने २७ वर्षीय रामकृष्ण मानन्धरलाई बिहीबार धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोप छ ।

यसैबीच काठमाडौं महानगरपालिका २९ घट्टेकुलो डेरा गरी बस्ने इलाम देउमाई नगरपालिका–४ का ३२ वर्षीय सविन भट्टराईको कोठाबाट बिहीबार सुनका विभिन्न गरगहना, ल्यापटप एक थान र २२ हजारसहित करीब एक लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस