आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

ट्रिपरको ठक्करबाट वृद्धको मृत्यु

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (४ साल अघि) ३१४ पाठक संख्या

कपिलवस्तु  , पुष ८ : शिवराज नगरपालिकामा अाइतबार ट्रिपरको ठक्करबाट  वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित बनकस जंगलमा लु १ ख ५४९५ नम्बरको ट्रिपरले वृद्धलाई ठक्कर दिएको हो ।

दाङबाट बुटवलतर्फ जादै गरेको बसमा सवार वृद्धलाई शौच गर्न जाँदा ट्रिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस