आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

जनहित उपभोक्ता सहकारी संस्था लि. महेन्द्रनगरको नवौ बार्षिक साधारण सम्पन्न

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (४ साल अघि) ४९६ पाठक संख्या

AP डेस्क
जीतपुर, पुस १० : जीतपुरमिसरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले सहकारीमा एक रुपता ल्याउन सहकारी सम्बन्धि नियमवाली बनाउन लागेको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित महेन्द्रनगरमा रहेको जनहित उपभोक्ता सहकारी संस्था लि.को नवौ बार्षिक साधारणलाई सम्बोधन गर्दै उहाँले सहकारीमा देखिएको समस्याका साथै विकृतीलाई रोक्न नगरपालिकाले चाडैँ नियमवाली बनाएर अगाडी बढाउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नगरप्रमुख डा. कृष्ण पौडेलले विकासको प्रबल सम्भावना रहेको यस उपमहानगरमा देखिएका समस्यालाई विस्तारै समाधान गर्दै जाने दाबी गर्नुभयो ।

संस्थाका अध्यक्ष राधेश्याम सिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडा अध्यक्ष केदारनाथ बजगाँइ, राष्ट्रिय सहकारी बैँक सिमरा शाखाका प्रमुख गोविन्द ओझा, डुमरवाना बहुमुखि क्याम्पसका प्रमुख किशोर शर्मा, जनजागृती मावि सखुघाटका प्रअ अनिल कुमारमैनाली, डुमरवाना दुध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बर्तौला, जीतपुरसिमरा उपमानगरपालिकाका कार्यपालिका सदस्य सुन्दर सुन्दास, तुलसा मौनाली, बारा एकेडेमीका संचालक हरिेव खरेल, रमेश सापकोटा लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहकारीले जेष्ट नागरिकलाई फलफूल, उत्कृष्ट नतिजा ल्याउन सफल छात्र छात्रालाई नगद सहिद प्रमाणपत्र तथा स–साना बालबालिकालाई खुत्रूके बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस