आज:  २०७९ मंसिर २१, बुधबार | Wed, 07, Dec, 2022
FLASH NEWS

शेयर कारोबार उच्च अंकले बढ्यो

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (३ साल अघि) ४४४ पाठक संख्या

काठमाडौं  , पुष ११ : शेयर कारोबार बुधबार उच्च अंकले बढेको छ । नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत बुधबार ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार २ दशमलव ५५ ले बढेको छ ।

सरकारले गठन गरेको पूँजीबजार सम्बन्धी कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया शुरु भएका कारण शेयर बजारमा समेत उच्च अङ्कको वृद्धि भएको अनुमान गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदल गठन गर्नुभएको थियो ।

कार्यदलले केही दिन पहिले मात्रै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन कार्यान्वयनको प्रक्रिया नेपाल राष्ट्र बैंकले अगाडि बढाएको छ । प्रतिवेदन कार्यान्वय प्रक्रिया शुरु भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ ।

बुधबार कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख २३ हजार ७ सय ४६ रुपैयाँमा किनबेच भएको छ । कारोवार भएका सबै उपसमूहको शेयर वृद्धि भएको छ ।

बैंकिङ १८ दशमलव ५४, व्यापार १३ दशमलव ६९, होटल ६५ दशमलव ६२, विकास बैंक २० दशमलव ६९, जलविद्युत् १९ दशमलव ३४, वित्त ८ दशमलव १२, निर्जीवन बीमा २४५ दशमलव शून्य ६, उत्पादन १९ दशमलव दुई, अन्य १५ दशमलव ८७, माइक्रोफाइनान्स ५० दशमलव २१, र जीवन बीमा ४४३ दशमलव ५ बिन्दुले उकालो लागेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस