आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सिमानामा भारतीय प्रहरीबाट कुटिए नेपाली अटो चालक

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (४ साल अघि) ५५७ पाठक संख्या

नवलपरासी , पुष ११ : नेपाली भूमि बाल्मिकी आश्रममा भक्तजनलाई लैजाने क्रममा नेपाली टेम्पो चालकलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका छन् ।

मंगलबार साँझ चितवनको माडी नगरपालिकाभित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जमा रहेको बाल्मिकी आश्रममा भक्तजन छोड्न गएकोबेला पाँचजना अटो चालकहरुलाई भारतीय प्रहरीले कुटपिट गरेका हुन् ।

निकुञ्जमा सुरक्षाका लागि खटेका उनीहरुले त्रिवेणी ब्यारेजबाट भारतको भैसालोटन हुँदै बाल्मिकी आश्रम बाटोमा विना कारण कुटपिट गरेको घाइते चालक वामदेव उपाध्यायले बताए ।

उपाध्यायसहित रोहित लाफा, सुबोद कुमार, पूर्णबहादुर क्षेत्री र माधव थापालाई कुटपिटमा परेका हुन् ।

कुटपिटमा परेका अटो चालक र नेपाल र भारतका सीमा क्षेत्रका अटो चालकहरुले घटनाको विरोध गरेपछि कुटपिट गर्ने भारतीय कर्मचारीले माफी मागेका छन् ।

धर्मशास्त्र अनुसार सीतालाई एक्लै जंगलमा छाड्दा सिताले आश्रय लिएको, लभकुश जन्म हुर्केको तथा बाल्मिकी ऋषिले तपस्या गरेको स्थान भनेर चिनिने बाल्मिकी आश्रम भएको क्षेत्र जाँन भारतीय बाटो प्रयोग गर्नु पर्ने अवस्था छ ।

भारतीय बाटो भएर जाँदा भारतीय सुरक्षाकर्मी र त्यहाँ निकुञ्जमा खटेको भारतीय कर्मचारीले बेलाबेलामा दुःख दिने गरेका छन् ।

नवलपरासीको त्रिवेणीबाट डुंगामा नदी तरेर वा भारतीय बाटो भएर पैदल या सवारी साधनमा बाल्मिकी आश्रम जान मिल्दछ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस