आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

छतबाट खसेर मृत्यु

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (४ साल अघि) ३२४ पाठक संख्या

विराटनगर  , पुष १२ :  घरको छतमा बसेर घाम ताप्ने क्रममा लडेर शंकरपुरकी एक जना युवतीको ज्यान गएको छ । शंकरपुर निवासी २२ वर्षीया उषा गौतम घाम ताप्ने क्रममा हिजो अचानक छतबाट खसेर मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएकी गौतमको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको हो । मृतक गौतम विराटनगरस्थित मेरील्याण्ड कलेजमा बिबिए अध्यनरत थिईन । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस