आज:  २०७९ चैत्र ९, बिहिबार | Thu, 23, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो

AuthorAP Khabar२०७७ अषाढ २६, शुक्रबार (२ साल अघि) १७५४ पाठक संख्या

असार २६ काठमाडौं लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर २ लाख ७ हजार ७ सय १५ क्युसेक नाघ्ने अनुमान गरिएको छ ।

कोसी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको कोसी नियन्त्रण शाखाले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहन आग्रह गरिएको छ ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको हो ।

कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस