आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

मौलापुर नगर प्रमुख रीना कुमारी साहले गरिन बकैयाको बाढ र कटानको_निरीक्षण

AuthorAP Khabar२०७७ अषाढ २६, शुक्रबार (२ साल अघि) १७५३ पाठक संख्या

अखिलेश यादव।असार २६ रौतहट

बिहिवार रातिदेखी लगातार परिरहेको भीषण वर्षाले पार्न सक्ने प्रभावको बारेमा आज मौलापुरको नगरप्रमुख रिना कुमारी साह लाल बकैया नदीमा आएको बाढ़ीको निरीक्षण गर्नु भएकोछ ।

नदीहरूमा पानिको सतह निरन्तर बढ़नुको साथै कटान र डुबानको समस्या पनि बिकराल बन्दै गएको यस विषम परिस्थितिमा जोखिम न्यूनिकरणको लागि मौलापुर नगरपालिकाले गरेको प्रयास सराहनीय रहेको स्थानियहरुको भनाई रहेको छ ।

तसर्थ, नदी किनारका गाऊ बस्तीमा विशेष सतर्कता अपनाउन र नदी कटान रोक्न सबैले आ आफ्नो स्थान र स्तरबाट सक्रिय भूमिका खेल्न मेयर साहले विशेष अनुरोध गरेकि छिन।

प्रतिक्रिया दिनुहोस