आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक प्रहरीले स्थानीय तथा यात्रुहरुलाई फुल दिदै ट्राफिक नियम सम्झाउदै,

एपी खबर २०७७ माघ २९, बिहिबार (१ साल अघि) ३२५ पाठक संख्या

सबिर आलम/ बारा

आज बाराको हुलाकी राजमार्ग अन्तर्गतमा पर्ने लङ्गडा चौक स्थित रहेको अस्थायि ट्राफिक पोष्टमा आज बिहिबार ईन्चार्जको जिम्मेबारी ट्राफिक प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेतले सम्हालेका छन।

प्रहरी सहायक निरीक्षक बस्नेतले जिम्मेवारी सम्हाले लगतै लङ्गडा चौकमा भएको पसल तथा स्थानीय बासीहरुलाई , अभिवादन गर्दै, एउटा ,एउटा फुल दिदै ट्राफिक नियम बारे जानकारी गराउनु भएको छ ।

 

जसले गर्दा सडक दुर्घट‌ना कम हुने बिश्वास लिनुभएको छ। त्यस्तै सडकमा हिड्ने यात्रुहरुलाई पनि फुल दिई सवारी साधन तिब्र गतिमा चलाउनु हुदैन। हेलमेट सधै लगाउनु पर्छ । सवारी साधन किताब ( ब्लुबुक ) र सवारी चालक अनुमति पत्र साथमा राखि हिड्ने जानकारी सहित प्रशिक्षण दिदै परिचय गरेका छ्न। प्रहरी सहायक निरीक्षक दिपक कुमार वस्नेत जिल्ला ट्राफिक कार्यालय निजगढबाट सरुवा भई लङडाचौक विटमा आएका हुन।

 

सो कार्यक्रममा ट्राफिक प्रहरी सहायक निरीक्षक सहित लङ्गडा चौक अस्थायी ट्राफिक पोष्टका ट्राफिक हवल्दार धर्मेन्द्र झा र रामपुकार पाण्डे समेतको सहयोग रहेको थियो।

प्रतिक्रिया दिनुहोस