आज:  २०७९ श्रावण ३०, सोमबार | Mon, 15, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा यहि फाल्गुन मसान्तबाट स्वास्थ्य बिमा कार्यक्रम लागु हुने

प्रिती कुमारी, जीतपुर २०७७ माघ २९, बिहिबार (१ साल अघि) २७९ पाठक संख्या

बारामा यहि फाल्गुन मसान्तबाट स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा स्वास्थ्य विमा बोर्डले सरोकारवाला बिच अन्तरकृया कार्यक्रमको आयोजना गर्दै सबै तैयारी पुरा भएको र फाल्गुनको २० गते सम्ममा जीतपुरसिमरा उपमहानगरपालिका लगाएत यस जील्ला भरिनै स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिने जानकारी गराएको छ ।

 

१६ वडा स्थानिय तह रहेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका गरी १५ ओटा पालिकामा स्वास्थ्य बिमाका लागि आवश्यक गृहकार्य शुरु भएको स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत हिरालाल ज्ञावालीले जानकारी दिनुभएको छ । उहाँले प्रदेश नम्बर २ का ६ आटा जील्लामा यस अघिनै लागु गरिएको स्वास्थ्य बिमा कार्यक्रम देशका ७७ ओटै जीललामा लागु गर्ने सरकार तैयारी अनुसार यहि फाल्गुन देखि बारामापनि शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

 

अन्तरकृया कार्यक्रममा बिमा सम्बन्धि जानकारी गराउदै ज्ञवालीले २०३० सम्ममा देशका सबै जील्लामा यस कार्यक्रमलाई पु¥याउने लक्ष्य रहेको जानकारी गराउदै लक्षित वर्गलाई निशुल्क, महिला स्वास्थ्य स्वयम सेविकालाई ५० प्रतिशत छुटमा यो बिमा गर्न सकिने बताउनुभएको छ ।

 

यता कार्यक्रममा प्रदेश नम्बर २ को ४७ ओटा अस्पतालले स्वास्थ्य बिमाको सुविधा प्रदान गर्दै आएको स्वास्थ्य विमा बोर्ड प्रदेश नम्बर २ का संयोजक महेस प्रसाद ठाकुरले जानकारी दिनुभएको छ ।

 

उहाँले पर्साको ३ ओटा प्राथमिक स्वास्थ्य केन्द्र, नारायणी क्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेज विरगंजका साथै अन्य ३ ओटा आखाँ अस्पतालबाट सेवा दिदै आएको जानकारी समेत दिनुभएको छ । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरीले स्वास्थ्य बिमालाई सबै माझ साझा रुपमा पु¥याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेल, शिक्षा शाखा प्रमुख शिवजी साह लगाएत वडा अध्यक्ष, कार्यापािलका सदस्य लगाएत संचारकिर्महरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमखु रबिकुमार भाष्करले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस