आज:  २०७९ श्रावण ३०, सोमबार | Mon, 15, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

दोस्रो टेस्टमा पनि वेष्ट इण्डिजको मध्यम प्रदर्शन

एपी खबर २०७७ माघ ३०, शुक्रबार (१ साल अघि) २९४ पाठक संख्या
काठमाडौँ : बंगलादेशसँगको दोस्रो टेस्टको पहिलो पालीमा वेष्ट इण्डिजले मध्यम प्रदर्शन गरेको छ । ढाकामा टस जितेर व्याटिङ थालेको वेष्ट इण्डिजले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाएर २२३ रन बनाएको छ ।

उसका लागि निकुरुवा बोनर नटआउट ७४ बनाएर क्रिजमा छन् । कप्तान क्रिग ब्रेथवेट ४७ रन बनाएर आउट भएपछि वेष्ट इण्डिजको पाली बोनरले सम्हालेका थिए । यस्तै जोन क्याम्पवेलले ३६ रन बनाउँदा जर्मिन ब्ल्याकवुडले २८ रन बनाए ।

 

बंगलादेशका अबु जायद र तैजुल इस्लामले समान दुई दुई विकेट लिए । ९० ओभरको खेलबाट वेष्ट इण्डिजले दोस्रो दिनको खेल थाल्नेछ । दुई खेलको टेस्ट क्रिकेट सिरिजमा वेष्ट इण्डिज १-० ले अघि छ ।

प्रतिक्रिया दिनुहोस