बारा प्रहरीले महिलाको हत्या गर्ने दुई जना लाई पक्राउ गरेको छ । जिल्ला को महागढिमाई नगरपालिका वडा न १ निवासी ४८ वर्षिय कान्ति देवी कुशवाहाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी ४२ वर्षिय लालबाबु प्रसाद कुशवाहा र ४८ वर्षिय धनेश्वरी देवी कुशवाहा रहेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि जनाएको हो ।
गत माघ २५ गते उनको हत्या गरिएको थियोे । उनी घरको प्यासेजभित्र मृत अवस्थामा भेटिएकी थिइन् । मृतक महिलाको परिवार र छिमेकी धनेश्वरी बिच जग्गा सम्बन्धि विवाद, व्यक्तिगत रिसवी रहेको अनुसन्धानको क्रममा खुलेको पत्रकार सम्मलेनमा बोल्दै प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनु भएको हो । धनेश्वरीले लालबाबुलाई आर्थिक प्रलोभनमा पारी कान्तिको हत्या गराएको खुलेको प्रहरी प्रमुख शाहीले बताए ।
करिब ५ दिन को अनुसन्धान पछि बाराप्रहरी ले हत्यारा पत्ता लगाउन सफल भएको छ । मृतक कान्ति देवी को हत्या गर्दा काठको चिरपट, ढुङ्गा, चुच्चो भएको बस्तु समेतको प्रयोग भएको प्रहरी ले अनुसन्धान मा खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रको कमाण्डमा नौ सदस्यि अनुसन्धान टोली गठन गरिएको र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोको कमाण्डमा अनुसन्धान टोली खटाईएको थियोे ।उक्त अनुसन्धान टोलि ले ३२ जनासंग सोधपुछ गरेको पत्रकार सम्मेलन मा बताइएको छ ।
पत्रकार सम्मेलन मा बोल्दै प्रहरी प्रमुख शाही ले घटनास्थलमा फेला परेको रातो गम्छा र औंठी अभियुक्त लालबाबुले आफनो रहेको स्विकार समेत गरेको र प्रविधिको समेत प्रयोग गरी पुष्टि भएको बताए ।अनुसन्धानको लागि धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर को प्रयोग गरिएको थियो ।
प्रहरी ले पक्राउ गरेको अभियुक्त लालबाबु २०५६ साल देखि २०६१ सालसम्म डांका मुद्दामा तीन पटक, हातहतियार खरखजाना मुद्दामा एक पटक र सार्वजनिक अपराधमा एक पटक पक्राउ परी सजाय भुक्तान गरिसकेका छन् ।घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस