आज:  २०७९ श्रावण २३, सोमबार | Mon, 08, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको डुमरवाना बहुमुखी क्याम्पसको १३ औं वार्षिकाेत्सव समारोह संपन्न

एपी खबर २०७७ फागुन २, आईतबार (१ साल अघि) २३८ पाठक संख्या

बाराको डुमरवाना बहुमुखी क्याम्पसकाे १३ औं वार्षिकाेत्सव समारोह कार्यक्रम प्रदेश २ का आर्थिक मामिला तथा याेजना राज्य मन्त्री उषा यादवको प्रमुख अतिथ्यतामा शनिबार सप्पन्न भएकाे छ ।

 

कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा याेजना राज्य मन्त्री उषा यादवले अब मुलुकको विकास र समृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा अभिवावाकहरु संग आग्रह समेत गर्नु भएको छ ।

 

मन्त्री उषा यादवले कुनै क्षेत्रमा जनशक्ति फालाफाल रहेकाे कुनै क्षेत्रमा जनशक्ति खोज्नुपर्ने अवस्थामा रहेकाे त्यसैले प्राविधिक शिक्षाले मात्र देशको आवश्यकता परिपूर्ति गर्नमा सहयोग पु¥याउँछ उनलेे जानकारी दिनुभयो ।

 

तीनवटा कुराको परिपूरक भएर शिक्षा अगाडि बढाउन सके त्यसबाट विद्यार्थीले दक्षता हासिल गर्न सक्ने उनको भनाइ छ।डुमरवाना बहुमुखी क्याम्पसमा छात्रभन्दा छात्रा संख्या उल्लेख्य रुपमा बढिरहेको पाएकाे देखिएकाे छ ।

 

डुमरवाना बहुमुखी क्याम्पसमा छात्रा संख्या उल्लेख्य रुपमा बढिरहेको प्रती गाैरब कुरा रहेको मंत्रि यादबले बताए ।
अगामि दिनमा पनि छात्राहरु निकै रुपमा बढने मंत्रि यादबले विशवास व्यक्त गरेकाे छ ।

 

मन्त्री उषा यादवले अहिलेकाे समयमा घर घरमा शिक्षित ब्याक्ती हुनुपर्ने तर, दलित ,जनजाति अादिबासि, बढि पछिडिएकाे उनिहरुलाई पनि अगाडि अाउन समेत आग्रह गरेका छिन ।

कार्यक्रममा मन्त्री उषा यादवकाे हातबाट १५ जना उत्कृष्ट विद्यार्थीहरलाई प्रमाण पत्र समेत दिएका छन ।कार्यक्रममा डुमरवाना बहुमुखी क्याम्पसकाे विद्यार्थीहर, स्थानीय , जनप्रतिनिधि , पत्रकार लगायतका उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस