आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

स्थानिय तहमा दिईएको शिक्षाको जिम्मेवारी शिक्षा प्रमुखका लागी कमाउने अवसर

सुप्रिया ढकाल २०७८ आश्विन १, शुक्रबार (१ साल अघि) १०२१ पाठक संख्या

बारा । जनतालाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न अधिकांश अधिकार स्थानिय तहमा प्रत्यायोजन गरिएको छ । तर कलैया उपमहानगरपालीकाका शिक्षा प्रमुख जस्ता ब्यक्तिका कारण स्थानिय स्तरमै शिक्षाको बिकाश होईन बरु शिक्षा प्रमुख र उनका भरौटेहरुको बिकाश राम्रैसंग भैरहेको छ ।

 

नेपालमा शिक्षाको स्तर सुधार गर्न निति अबलम्बन गरी स्थानीय तहलाई शिक्षा को अधिकार प्रदान गरीएको छ । तर कलैया उपमहानगरमा शिक्षाको जिम्मेवारी पाएका शिक्ष प्रमुख प्रह्लाद बर्णवालले जिम्मेवारीलाई पनि अवसरमा रुपमा परिणत गर्दै शिक्षकको तलब बाहेक सम्पूर्ण बजेटमा कमिसन लिने गरेको खुलेको छ ।

 

सामुदायिक बिद्यालयमा करारमा शिक्षक नियुक्ति गर्न अनुमती प्रदान गर्ने, सरुवा सिफारीस गर्ने, भौतिक निर्माण, निजि बिद्यालयहरुको कक्षा स्तरोन्नती गर्ने तथा सामुदायिक बिद्यालयहरुमा शैक्षिक सामाग्री प्रदान गर्ने जस्ता काममा माटो रकम कमिसन लिने गरेका बर्णवालले कमिसन नदिने संस्था वा ब्यक्तिलाई उल्टै दुख दिने गरेको श्रोतबाट खुलेको छ । शिक्षा ऐनमा ब्यवस्था भएबमोजिम स्थानिय निकायबाट हुने काममा उनले राम्रै चलखेल गर्ने गरेको शिक्षकहरुले गुनासो गरेका छन् ।

 

त्यस्तै शिक्षा ऐन अनुरुप शिक्षकहरुको जिल्लान्तर सरुवा गर्न दुबै स्थानिय तहको सिफारिस आवश्यक छ । कलैया उपमहानगरपालिकाको सामुदायिक बिद्यालयमा जिल्लान्तर सरुवा सहमति दिन पनि शिक्षा प्रमुख बर्णवालले अन्य सबै स्थानिय निकायसंग भ्रष्टाचारको जालो बिछाएर चलखेल गरेका हुन् । बर्णवाललाई शिक्षक सरुवामा पैसा दिएमा सरुवा दिने गरेको तथा पैसा नदिए शिक्षा समितिबाट बिभिन्न बहानामा अनावश्यक दुःख दिदै गरेको नाम उल्लेख नगर्ने शर्तमा एक जना शिक्षकले बताएका छन् ।

 

उनले बिद्यालय नर्सिङ भर्ना कार्यक्रममा प्रत्येक ब्यक्तिसंग रु १ लाखसम्म लिई भर्ना गरेको रहस्य बाहिर आएको छ । साथै नेपाली कांग्रेशप्रती आस्थावान् बर्णवालका कारण नेपालि कांग्रेसको पृष्टभुमि नभएका ब्यक्तिलाई कलैया उपमहानगरपालिका भित्र तथा शिक्षा शाखाबाट प्रवाह हुने सेवा लिन एक दमै अप्ठ्यारो हुने गरेको पिडितहरुले बताउने गरेका छन् ।

 

जिल्ला बिकास तथा समन्वय ईकाई बाराको निमित्त कार्यालय प्रमुख बृजकिशोर साहसँग प्रतिक्रिया लिँदा स्थानिय तहमा शिक्षाको अधिकार दिदा झनै भद्रगोल भएको बताउनुहुन्छ । साह भन्नुहुन्छ, “शिक्षा ऐनको नितिनियम बिपरीत सामुदायिक बिद्यालयमा करारमा शिक्षक नियुक्ति गर्न अनुमति प्रदान गर्ने गरेको पाईन्छ । साथै शिक्षक नियुक्ति गर्ने प्रक्रिया पनि मिचेर करारमा शिक्षक नियुक्ति भईरहेको पाईन्छ । जुन कानुन बिपरित हो ।”

 

प्रतिक्रिया दिनुहोस