आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

अडियो लाईभ फिचर र स्मार्ट ग्लास पछि फेसबुकमा नयाँ अपटेडको घोषणा गर्दै जुकरबर्ग

एपी खबर २०७८ आश्विन ५, मंगलबार (२ साल अघि) ५३७ पाठक संख्या

काठमाडौं। केहि समयअघि मात्र फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अडियो लाइभ फिचर सार्वजनिक गरेको थियो । त्यसको केही समय पनि नबित्दै, कम्पनीले रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक गरेको छ ।

योसँगै प्रयोगकर्ताका लागि नयाँ बिजनेस टुल पनि सार्वजनिक भएको छ । नयाँ-नयाँ फिचर र उत्पादन बजारमा सार्वजनिक गर्ने क्रममा फेरि नयाँ उत्पादन सार्वजनिक गर्न कम्पनीले तयारी थालेको छ ।

त्यति मात्र होइन, फेसबुकका सीईओ मार्क जुकर्बगले आज एक फेसबुक स्टाटसमार्फत प्रयोगकर्ताका लागि केही नयाँ उत्पादनको घोषणा हुने जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘केही नयाँ उत्पादनहरूको बारेमा आज फेसबुक लाइभमार्फत घोषणा गर्दैछु । केही अनुमानहरू छन् ?’

उनको यो स्टाटसमा थुप्रैले कमेन्ट गरेका  छन् । यद्यपि ठ्याक्कै के आउँदैछ भन्ने थाहा पाउनका लागि भने आज नेपाली समयअनुसार राति १०ः४५ बजेको जुकर्बगको लाइभसम्म कुर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस