बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका वडा नम्बर २१ र २२ मा ईलाका प्रशासन कार्यालय सिमराको टोलीले बजार अनुगमन गरेको छ ।
नजिकिदै गरेको चाडपर्वका बेला देखीने खाद्यान्न सामाग्रीको कृतिम मुल्य बृद्धि, कालोबजारी, म्याद गुज्रिएका सामानको बिक्रिवितरण लगाएतका समस्या न्युनिकरणका लागी कार्यालयका नायव सुब्बा सबिर अन्सारी नेतृत्वको टोलीले वडा नम्बर २१ र २२ अन्तर्गत बिभिन्न खाद्य पसलहरुमा अनुगमन गरेको हो ।
टोलीले दुई वटा वडाका १२ वटा पसलहरुमा अनुगमन गर्दा केहि पसलहरुमा सामानको बजार मुल्यभन्दा फरक मुल्य सुचि पाईएकाले त्यस्ता पसलहरुलाई चेतावनी सहित उचित सुझाव दिईएको वडा नम्बर २१ का वडाध्यक्ष कृष्णबहादुर ठकुरीले जानकारी दिनुभयो । हरेक बर्ष दशैं, तिहार, छठ जस्ता पर्वका बेला खाद्य पसलेहरुका कारण उपभोक्ता मर्कामा पर्ने गुनासो आउने गरेको छ ।
अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय सिमराका खरीदार बिपिन कुमार रौनियारसहित दुबै वडाका अध्यक्ष, सदस्यहरु लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस