आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

वरिष्ठ अधिवक्ताको उपाधि दिन नेपाल बारको माग

एपी खबर २०७८ कार्तिक ५, शुक्रबार (१ साल अघि) ५५० पाठक संख्या

नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ताको उपाधि दिन माग गरेको छ।

चार वर्षदेखि वरिष्ठको उपाधि रोकिएको भन्दै बारले सर्वोच्चको ध्यानाकर्षण गराएको हो। वरिष्ठ अधिवक्ताको उपाधि सर्वोच्च अदालतको फुलकोर्टले निर्णय गरेर पाका वकिलहरुलाई दिने गर्छ।

सर्वोच्चले उपाधिका लागि आवेदन माग गरे पनि निर्णय गरेको छैन।

‘मापदण्ड बमोजिम देशभरिका योग्य कानून व्यवसायीहरुको विवरणसमेत सङ्कलन गरी अद्यावधिक सूची तयार गरेको करिब १ वर्ष नाघिसकेको व्यहोरा अवगत नै छ। उक्त मापदण्ड बमोजिम निर्णय, सिफारिस गर्न गराउन यसअघि मिति २०७८/५/१ गते समेत ध्यानाकर्षणकासाथ अनुरोध गरिएको थियो,’ बारले अगाडि भनेको छ, ‘सो सम्बन्धमा हालसम्म पनि कुनै निर्णय नभएको भन्ने बुझिएकोले नेबाएको मिति ०७८/६/१ को पूर्ण बैठकको निर्णयानुसार पुनः अनुरोध गरिएको छ।’

वरिष्ठको उपाधि नदिँदा अदालतप्रतिको जनआस्था अभिवृद्धिमा गम्भीर असर परेको बारको दाबी छ। सर्वोच्चले अहिलेसम्म चार सय ४८ जना अधिवक्ताहरुलाई वरिष्ठको उपाधि प्रदान गरेको छ।

 

 

 

 

देशसञ्चारबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस