आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

नगौलमा निशुल्क आखाँ शिविर सम्पन्न, ९५ जनामा मोदियाबिन्दुका विरामीको निशुल्क शल्यक्रिया गरिने ।

प्रिती कुमारी, जीतपुर २०७८ कार्तिक ६, शनिबार (१० महिना अघि) २५७ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपलिका वडा नम्बर ६ नगौलमा आयोजीक निशुल्क आखाँ शिविरमा तिन सय जनाले चेकजाँच गराएका छन् । चेकजाँच गराउने मध्ये ९५ जनामा मोदियाबिन्दु देखिएको डाक्टरले जानकारी दिएका छन् ।

 

सहयात्री युवा क्लब सिधरीया टोलको आयोजनामा सम्पन्न यस कार्यक्रमलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ कार्यालयले सहयोग गरेको हो । श्री नेपाल आधारभुत विद्यालय नगौलको प्रगंणमा आयोजीत यस शिविरमा समान्य आखाँका विरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको आयोजक क्लबले जनाएको छ ।

 

रामकुमार महाबिर प्रसाद केडिया आखाँ अस्पतालको समेत सहयोग रहेको यस शिविरमा देखिएका मोतियाबिन्दका विरामीलाई अस्पतालमा निशुल्क शल्यक्रिया गरिने भएको छ ।

 

क्लबका अध्यक्ष कमरुलहोदा अंसारीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीको प्रमुख आतिथ्यता रहेको थियो भने शिविरलाई ब्यवस्थापन गर्न विद्यालयका शिक्षकहरुले मुख्य जीमेवारी बहन गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस