आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

प्ररम्भिक अनुमान अनुसार वर्षाले धानबालीमा आठ अर्ब बढीको क्षति, सरकारले बनायो बिषेश कार्यदल

एपी खबर २०७८ कार्तिक ८, सोमबार (१ साल अघि) ४८९ पाठक संख्या

बर्षात पिडित किसानका लागी सरकारले कार्यदल बनाएको छ । लगातार ४ दिनसम्म परेको बेसौसमी वर्षातका कारण धानबालीमा पुगेको क्षतिको अध्ययन गरी प्रतिवदेन पेश गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल बनाएको हो ।

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । उक्त कार्यदलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहनेछन् ।

 

कार्यदललाई धानबालीमा पु¥याएको क्षति अध्ययन गरी विवरण बुझाउन तीन दिनको समय दिइएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । ३१ असोजपछि निरन्तर परेको वर्षाले धानबालीमा आठ अर्ब बढीको क्षति पुगेको कृषि मन्त्रालयले प्रारम्भिक आकडा निकालेको छ ।

 

प्रतिक्रिया दिनुहोस