आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमरामा समाजीक कुरीति एवम कुसंस्कार बिरुध अन्तरकृया कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७८ पौष २०, मंगलबार (७ महिना अघि) ३३० पाठक संख्या

घरमा आफु माथी भएको हिसाँ आफैलाई थाहा नभएपनि प्रत्येक पल महिलाहरु आफ्नै घरबाट हिसाँ सहन बाध्य हुनुपरेको सहभागी विद्यार्थी आरजु सुवेदीले बताईन । बाराको सिमरामा समाजीक कुरीति एवम कुसंस्कार बिरुध अन्तरकृया कार्यक्रममा आफ्नो कुरा राख्दै उनले महिलाहरुको मनमा भएको डरका कारण उनिहरुले बाहिर कुरा ल्याउन नसक्ने भन्दै घर भित्र रहेको कुरीति र कुसंस्कारको प्रत्यक्ष मारमा परेको बताईन ।

 

प्रहरी प्रशासनमा पनि पहुचवालाकै बोलवाला रहेको त्यहाँबाट पनि अफुहरु न्याय नपाए कहाँ जो के गर्ने भन्ने डरले अहिलेपनि महिलेहरु हिसाँ सहेर बस्न बाध्य भएको सुवेदिको भनाई छ ।
यता एकल महिला भएकै कारण सासुससुरा र समाजबाट अपहेलीत हुनुपरेको चन्दा कार्कीले दुखेसो पोखिन् । श्रीमानको मृत्यु पश्चात आफ्नो घरपरिवारले घरमा बस्नै नसक्ने बनाएको र न्याय पाउन लगभग सबै निकायमा पुगेपनि न्याय पाउन नसकेको उनको भनाई छ ।

 

यसैगरी कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबी चौधरीले समाजको प्रत्येक क्षेत्रमा उपमहानगरपालिकाले प्राथमिक्ताका साथ लगानी गरेपनि सबैलाई समेटन नसकेको बताए । न्याय सम्पादन गर्ने क्रममा दुबै पक्षलाई सम्तुष्ट बनाउन नसकिने तर अन्यायमा परेकालाई न्याय दिलाउन कुनै कसर बाकीँ नराखेको समेत उनले बताईन् ।

 

यता कुरीति र कुसंस्कारका साथै समाजीक संजालबाट आएको विकृतीका उजुरी धैरै आउन थालेकाले जील्लाका विभिन्न स्थानमा जील्ला प्रशासन कार्यालयले यस्ता कार्यक्रमको आयोजना गरेको जील्ला प्रशासन कार्यालय बाराका प्रमुख कृष्णबहादुर कटुवालले बताएका छन् ।

 

जील्ला प्रशासन कार्यालय बारा र सिमरा महिला बचत तथा सहकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा समाजमा विद्यमान महिला हिसांका साथै कुरीति एवम कुसंस्कारले गर्दा समाजकि द्धवन्द बढदै गएकोले यसलाई न्युनिकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिता लम्सालले बताईन् ।

 

बचत तथा ऋणसंगै आफ्ना सदस्यहरुको जीवनसैली परिवर्तनका लागि यस भन्दा पहिलापनि विभिन्न कार्यक्रम गर्दै आएको सहकारीले कुरीति र कुसंस्कारका बिरुध आफ्ना सददस्यहरुलाई सजग बनाउन समेत यो कार्यक्रमको आयोजना गरेको बताईन् ।

 

कार्यक्रममा जील्ला प्रशासन बाराका सहायक जील्ला अधिकारी शिवराज शेढाई, जील्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र साही, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य शोभा कार्की, रेडियो समर्पणका कार्यकारी निर्देकश अनिल तिवारी, संचरकर्मी बिदुर खड्का लगाएत विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, सहकारीका सदस्यका साथै जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस