नेशनल प्याब्सन बाराले बैशाख १५ गतेबाट २०७९ को नयाँ शैक्षिक सत्र शुरु गर्ने भएको छ । शनिवार नेशनल प्याब्सन बाराको कलैयामा बसेको बैठकले नयाँ शैक्षिक सत्र बैशाख १५ भित्र शुरु गर्ने निर्णय गरेको हो ।
यसैगरी नेशनल प्याब्सन बाराको बैठकले नयाँ शैक्षिक सत्रका लागि २०७८ सालमा लागु गरिएको शुल्कमा न्युनतम एक सय रुपैया बृद्धि गर्ने र नेशनल प्याब्सन बाराले शैक्षिक क्यालेन्डर प्रकासन गर्ने निर्णय समेत गरेको छ ।
नेशनल प्याब्सन बाराका जील्ला अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाको सभा अध्यक्षतामा बसेको बैठकले शैक्षिक प्रकासन गर्न मंगेश्र प्रसाद यादबको संयोजकत्वमा ५ सदस्य उपसमिति चयन गरेको छ भने यादबलाई नै प्रवक्ताको जीमेवारी दिएको छ यता जील्ला कार्य समिति सदस्य अनिल तिवारीलाई संचार संयोजकको जीमेवारी दिएको छ ।
यसैगरी बैठकले अलिमहमद अंसारी, रामप्रसाद अधिकारी, रामबाबु प्रसाद कुश्वाहा, अजय प्रसाद चौधरी र रामचन्द्र जैसवालललाई जील्ला कार्य समितिको सल्लाहकारमा चयन गरेको छ ।
यता बैठकले यस जील्लाबाट नेशनल प्याब्सनको केन्द्रिय महाधिवेसनबाट निर्वाचित सचिव अलिमहमद अंसारी र केन्द्रिय सदस्य रामप्रसाद अधिकारीलाई सम्मान पत्र सहित खादा ओढाएर सम्मान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस