धिरेन्द्र तिवारी
बाराको महागढिमाई नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमाले पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो नगर प्रमुखका प्रत्यासी उमेदवार राजाबाबु साहले उक्त वडाका जानताहरु सङ्ग नेकपा एमाले पार्टीलाई आफ्नो अमुल्य मतदिएर नेकपा एमाले पार्टीको टिमलाई बिजय गराउन आग्रह गरेका थिए ।
साहले जानता सङ्ग अनुरोध गर्दै नेकपा एमाले पार्टीलाई बिजय गरायर महागढिमाई नगरमा भएका भ्रष्टाचार शिक्षा स्वास्थ कृषिमा भएको भएका भ्रष्टाचारलाई मुक्त गर्ने जानता समक्ष आफ्नोे कुराराख्नु भएको थियो । साह पक्षका उमेदवार बिजय भएपछी द्लित गरिब बर्गका समुदाय का ब्याक्तीहरुलाई निशुल्क स्वास्थ शिक्षा नगरपालिका भित्रमा रोजगारीको ब्यवस्थापन गर्ने कुराहरू जानता सङ्ग आफ्नो कुराराख्नु भएको थियो ।
घरदैलो कार्यक्रममा महागढिमाई नगरपालिकाको नगर प्रमुखका प्रत्यासी उमेदवार राजाबाबु साह उपप्रमुखका प्रत्यासी उमेदवार पुष्पान्जली देबि कुशवाहा वडा नम्बर १ का वडाअध्यक्ष पदका उमेदवार महेश जैसवाल मोतिलाल कुशवाहा दिनेश प्रसाद कुशवाहा खेनारी यादव अमित सिंह लगाएतका हजारौंको संख्यामा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस