धिरेन्द्र तिवारी र बारा
बाराको कलैया उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । कलैया मेयर बिनोद साहले नवनिर्वाचित प्रतिनिधिहरुलाई पथ तथा गोपनियताको सपथ गराउनुभएको हो ।
सपथ कार्यक्रममामा नगर प्रमुख साहले १ देखि २७ वटाकै नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सपथ खुवाएका थिए। यस कार्यक्रममा नगर प्रमुख साहले सम्पुर्ण जनप्रतिनिधि र कलैया उपमहानगरपालिकाका कर्मचारीहरुलाई जानत र समुदायको हितमा रहि काम गर्न सुझाव दिए।
कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा पुर्ब मन्त्री ज्वाला साह, अच्युत मैनाली, बलबिर चौधरी अदयानन्द पाण्डे, लगाएतको उपस्थिती रहेको थियो
प्रतिक्रिया दिनुहोस