आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

टिपर दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको  पहिचान खुल्यो

एपी खबर २०७९ जेष्ठ १५, आईतबार (२ महिना अघि) २५४ पाठक संख्या

लमजुङ- लमजुङको मध्य नेपालमा  दुर्घटना हुँदा मृत्यु भएका चार जनाको  पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुई जना सल्यान कुमाख गाउँपालिका बस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ बस्ने अन्दाजी वर्ष २४ का वर्षीय रविन्द्र सेढाई रहेका छन् ।

मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि टिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

उक्त टिपर मध्यनेपाल नगरपालिका ७ कल्याण बेसीबाट बतासे चोकतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिब ३० मिटर तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस