आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने

एपी खबर २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि) २९९ पाठक संख्या

काठमाडौं- सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान

(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन् ।

यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइन्थ्यो । अब भने अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने भएको हो ।

प्रतिक्रिया दिनुहोस